पूर्वसभामुख महराको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुँदै « Khabarhub

पूर्वसभामुख महराको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुँदै


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा पूर्वसभामुख महरा मुद्दामा सुनुवाई हुनेछ । महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनको निवेदन १७ नम्बरमा दर्ता भएको थियो ।

आजको सुनुवाइले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय हुनेछ ।

उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने महरा थुनामुक्त हुनेछन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्नेछ। यसैबीच जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ। जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन्।

उच्च अदालतको फैसला पनि महराका विरुद्ध भएमा उनी सर्वोच्च जान पाउने छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १२ : २१ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ