ईपीएस सीप परीक्षणको नतिजा सार्वजनिक (नतिजासहित) « Khabarhub

ईपीएस सीप परीक्षणको नतिजा सार्वजनिक (नतिजासहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएको थिए ।

जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ । उत्पादन र कृषि क्षेत्रमा कति संख्यामा सीप परीक्षामा उत्तीर्ण भएभने भन्ने विषयमा भने विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

स्किल टेष्ट भिडियोका आधारमा

कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्छ । स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ ।

कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो । भने, नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो । साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ ।

भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन् । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । हाल, कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १२ : ५९ बजे

प्रचण्डले झक्कुलाई तोके राष्ट्रियसभा दलको नेता

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान– इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई

संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सभामुख पदमा

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

काठमाडौं– विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र

अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ

वासिङ्टन- अमेरिकामा इरानका पूर्व सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ