प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्, संसद अधिवेशन लगायतका विषयमा कुराकानी भएको नेता लेखकले जानकारी दिए ।

सरकारले संवैधानिक परिषद्को संख्या घटाउने गरि अध्यादेश ल्याउन खोजेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।

‘सरकारले संवैधानिक परिषद्को संख्या घटाएर अध्यादेश ल्याउन खोज्यो, हामी त्यसो गर्नु सही नभएको बतायौं’ नेता लेखकले भने ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ३० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा