प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्, संसद अधिवेशन लगायतका विषयमा कुराकानी भएको नेता लेखकले जानकारी दिए ।

सरकारले संवैधानिक परिषद्को संख्या घटाउने गरि अध्यादेश ल्याउन खोजेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।

‘सरकारले संवैधानिक परिषद्को संख्या घटाएर अध्यादेश ल्याउन खोज्यो, हामी त्यसो गर्नु सही नभएको बतायौं’ नेता लेखकले भने ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ३० बजे

बडूको संयोजकत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय

मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ?

काठमाडौं – गायिका मेलिना राई शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

काठमाडौं– डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश

पुलिस क्लब बन्यो जय ट्रफीको च्याम्पियन

काठमाडौं– नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ ।

मन्त्रीहरूलाई देउवाले भने- एमालेसँग कुनै समस्या छैन, समृद्धि र सुशासनका लागि काम गर्नू

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीका तर्फबाट सहभागी