पीपीएल क्रिकेट :चितवनको लगातार दोस्रो जित « Khabarhub

पीपीएल क्रिकेट :चितवनको लगातार दोस्रो जित


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवन अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

चितवनले दिएको २ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।

बुटवलका लागि शिबम सिंहले सर्वाधिक ३३ तथा भिम सार्कीले २१ रन बनाए । हरि चौहानले १२ रन बनाए ।

बुटवलविरुद्ध चितवनका बलर करण केसीले ४ विकेट लिए । यस्तै, रोहन मुस्तफाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।

पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाएका थिए । रोहनले ५६

बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै आरिफ शेखले ४० रन बनाए ।

बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।

जितसँगै चितवनले २ खेलमा स्पष्ट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : ३३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ