चार महिनामा व्यापार घाटा ९ प्रतिशतले कमी « Khabarhub

चार महिनामा व्यापार घाटा ९ प्रतिशतले कमी


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आई ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । सरकारले निर्यात प्रवद्र्धन तथा आयातमा कमी ल्याउनका लागि नेपालमा नै उत्पादन हुने वस्तुको आयातमा भन्सार कर बढाउँदा ती वस्तुहरुको आयातमा कमी आई व्यापार घाटा कम हुन गएको हो ।

यस अवधिमा निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले मात्र वृद्धि भएको थियो । भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

त्यस्तै चार महिनामा आयात ६.९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा मूल्यवृद्धि ५.७६ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ६.२१ रहेकोमा चौथो महिनामा भने केही घटेको हो । सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ ।

रेमिट्यान्स २.३ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा २.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो चार महिनामा रेमिट्यान्स ३ खर्ब ०४ अर्ब ९७ करोडमात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । त्यसैकारण पनि रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

त्यस्तै गरि चालु आर्थिक बर्षको कात्तिक महिनासम्ममा देशको शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो । त्यस्तै यो अवधिमा नेपालको कुल विनिमय सन्चिति ६.२ प्रतिशतले बढेर ११ खर्ब ०३ अर्ब १२ करोड पुगेको छ । गत आर्थिक वर्षको अन्तसम्ममा यस्तो सन्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रहेको थियो ।

त्यसैगरी चालू आर्थिक वर्षको पहिलो चार महिनामा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८ हजार ७४३ जना ऋणीलाई ३९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १२६ जना ऋणीलाई १ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रबाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ४ : ४१ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने