संसदबाट ‘एमसीसी ‘सम्झौता पास गराउन कांग्रेसले दबाब दिने  « Khabarhub

संसदबाट ‘एमसीसी ‘सम्झौता पास गराउन कांग्रेसले दबाब दिने 


३ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदको हिउँदे अधिवेशनबाटै पास गराउन दबाब दिने भएको छ ।

सिंहदरबारमा बिहिबार बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला अमेरिकी सरकारसँग भएको उक्त सम्झौता राष्ट्रिय हितमा रहेको भन्दै संसदको अवको अधिवेशनबाटै पारित गर्नका लागि दबाब दिने जनाएको हो ।

उक्त सम्झौताका बारेमा सत्तारुढ नेकपाका स्यायी समिति सदस्यहरुले जारी नेकपा बैठकमा समेत आपत्ति जनाइरहेका बेला कांग्रेसले भने सम्झौता पारित हुनुपर्ने अडान राखेको हो ।

उक्त सम्झौता अहिले अनुमोदनका लागि संसदमा विचाराधीन छ । बैठकले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब निर्णय पनि गरेको छ ।

सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत प्रभावकारी नहुने र अनुगमन गर्न समेत अप्ठेरो हुने भन्दै कांग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।

बैठकले संवैधानिक परिषदसम्बन्धी विवादस्पद विधेयक लगायतका केही संविधान विपरितको विधेयक अघि नबढाउन सरकारको ध्यानाकर्षण गराउने कांग्रेस राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

बैठकले सरकार जनताका दैनिक समस्याहरुप्रति उदासिन बन्दै गएको, महंगी र भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गरेको छ । त्यस्तै सीमा सम्बन्धी विवाद कुटनीतिक तवरबाटै समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा सरकारका गलत क्रियाकलापका विरुद्ध एकताबद्ध भएर लाग्न सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ५ : ४१ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६