झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने « Khabarhub

झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सात हजार दर्शकले एकैपटक खेल हेर्न सक्ने गरी अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।

गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्‌घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ७ : १८ बजे

झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने

झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

प्रहरीका गुनासो सुन्न केन्द्रीय डेस्क स्थापना

काठमाडौँ– नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासा

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम– इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि (आज)

पुतलीडाडा जोड्ने पदमार्ग पहिचान

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा रहेको पर्यटकीय सम्भावनायुक्त पुतलीडाडाँ जोड्ने