राष्ट्र बैंकको समीक्षा रिपोर्टले देखायो बैंक ब्याजदर घट्दो « Khabarhub

राष्ट्र बैंकको समीक्षा रिपोर्टले देखायो बैंक ब्याजदर घट्दो


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो ।

अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा समेत बैंकको ब्याजदर घटेको देखिएको छ ।

राष्ट्र बैंकको समीक्षा अनुसार वाणिज्य बैंकहरुको आधार दर भदौमा ९.५३ प्रतिशत तथा साउनमा ९.४५ प्रतिशत थियो । यो कोणबाट हेर्दा बैंकहरुको आधार दर भदौ र असोजको तुलनामा कात्तिकमा घटेको छ भने साउनको तुलनामा भने सामान्य बढेको छ ।

२०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।

२०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाका भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।

नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको मुलुकको वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : २७ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत