नेकपा बैठकः सदस्यहरुको धारणामा शनिबार अध्यक्षले जवाफ दिने « Khabarhub

नेकपा बैठकः सदस्यहरुको धारणामा शनिबार अध्यक्षले जवाफ दिने


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ । बैठकको पाचौं दिन बिहीवार १० जना स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल,सुवास नेम्वाङ,भीम आचार्य, विष्णु रिमाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा,माधवकुमार नेपाल र झलनाथ खनालले प्रतिवेदनाथि आफ्नो विचार राखेका हुन् ।

बैठकमा स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले नेताहरु गुट–उपगुट लागेको उल्लेख गर्दै चतावनीयुक्त लिखित प्रतिवेदन पेश गरे । उनले पार्टीभित्र देखिएको गुट उपगुटका सन्दर्भमा नेताहरुलाई हावामा घुस्सा नचलाउन आग्रह गरेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी मनमौजी ढंगले चलेको भन्दै असन्तुष्टि पोखे ।

बैठकमा विशेष समय लिएर बोलेका भीम रावलले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरिएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा थप सुझावहरू दिएका छन् ।

स्थायी समितिका सदस्यहरुमध्ये अव महासचिव विष्णु पौडेलले धारणा राख्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

महासचिव पौडेलले शनिबार बस्ने बैठकमा आफ्नो विचार राख्ने र त्यसपछि अध्यक्षले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।

राजनीतिक प्रतिवेदन तथा विधान संशोधनबारे उठेका प्रश्नको जवाफ र संशोधन गर्नुपर्ने बुँदाका बारेमा अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्नुपर्ने भएको हुँदा बैठक शनिबार बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : ५० बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध