चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।

सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिए ।

बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि सप्तकोशी नगरपालिकास्थित सात आधारभूत विद्यालय र चार माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको नगर शिक्षा समितिले जनाएको छ ।

समितिले मङ्गलबारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताउनुभयो । चिसो बढेपछि जिल्लाको विभिन्न स्थानमा काठ दाउरा बालिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : १५ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध