युवा ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दोहोरो सफलता « Khabarhub

युवा ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दोहोरो सफलता


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले बंगलादेश जुनियर इन्टरनेशनल सिरिजमा दोहोरो सफलता हात पारेका छन् ।

बिहीबार प्रिन्सले पुरुष एकल र पुरुष युगलमा जित हात पार्दै प्रिक्वार्टरफाइन प्रवेश गरेका हुन् । पुरुष एकलमा प्रिन्सले मलेसियामा चोङ इ ज्याकलाई २१-९,२१-८ ले सहजै पराजित गरे ।

यस्तै प्रिन्स र देव रानाको जोडीले पुरुष युगलमा बंगलादेशका रहमान धाली र जायद बिन जोन्यालको जोडीलाई २१-१०, २१-१५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

पुरुष एकलमा भने देव राना भारतीय खेलाडी घाना हर्ष जेट्टीसंग पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका छन् । महिला एकलमा नेपालकी रसिला महर्जन भारतीय खेलाडी अध्या पारासरसंग पराजित भइन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ०० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको