युवा ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दोहोरो सफलता « Khabarhub

युवा ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दोहोरो सफलता


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले बंगलादेश जुनियर इन्टरनेशनल सिरिजमा दोहोरो सफलता हात पारेका छन् ।

बिहीबार प्रिन्सले पुरुष एकल र पुरुष युगलमा जित हात पार्दै प्रिक्वार्टरफाइन प्रवेश गरेका हुन् । पुरुष एकलमा प्रिन्सले मलेसियामा चोङ इ ज्याकलाई २१-९,२१-८ ले सहजै पराजित गरे ।

यस्तै प्रिन्स र देव रानाको जोडीले पुरुष युगलमा बंगलादेशका रहमान धाली र जायद बिन जोन्यालको जोडीलाई २१-१०, २१-१५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

पुरुष एकलमा भने देव राना भारतीय खेलाडी घाना हर्ष जेट्टीसंग पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका छन् । महिला एकलमा नेपालकी रसिला महर्जन भारतीय खेलाडी अध्या पारासरसंग पराजित भइन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ०० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना