डेंगुका कारण बंगलादेशमा १ सय ४१ जनाको मृत्यु « Khabarhub

डेंगुका कारण बंगलादेशमा १ सय ४१ जनाको मृत्यु


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका-लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ ।

सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १०८३ भएको जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो ।

निर्देशनालयले बंगलादेशमा यस वर्ष १४१ जनाको मृत्यु भएको र एक लाख एक हजार १४५ व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको थियो ।

डेङ्गुका कारण नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति डेङ्गुको सङ्क्रमणपछि अस्पताल पुगेका थिए ।

गत वर्षको तुलनामा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच गुणा बढेको र सङ्क्रमण झण्डै दश गुणामा देखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : ३५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको