सुर्खेत पुगेका राणा र लोहनी भन्छन्– प्रधानमन्त्रीले धम्की दिए « Khabarhub

सुर्खेत पुगेका राणा र लोहनी भन्छन्– प्रधानमन्त्रीले धम्की दिए


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हालै एकीकरण गरेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का दुई अध्यक्षले संवैधानिक राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ जाने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक व्यवस्थाअनुसार राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ जाने बताएका हुन् ।

‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं,’ सुर्खेतमा आयोजि पत्रकार सम्मेलनमा अध्यक्ष राणाले भने ।

सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाजस्तै आफूहरुलाई पनि एक लहरमा राखेर कारबाही गर्ने धम्की दिएको उल्लेख गर्दै राप्रपा संयुक्तका अध्यक्ष राणाले भने, ‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारबाही गरेर देखाउन हामी चुनौति दिन्छौं ।’

अध्यक्ष राणाले राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि आवश्यक परे आन्दोलन पनि गर्ने राणाले चेतावनी दिए ।

अर्का अध्यक्ष लोहनीले प्रधानमन्त्रीबाट धम्की आएपनि आफूहरु पछि नहट्ने बताए । ‘संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ । सोही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिएका छन्,’ लोहनीले भने, ‘बुद्धिजीवीलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौं ।’

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १२ : ५६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह