राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन– सांसद अधिकारी « Khabarhub

राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन– सांसद अधिकारी


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्दैमा वा कानून पास गर्दैमा कुनै अर्थ नहुने दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै सांसद अधिकारीले लगानीका लागि विदेशी लगानीकर्ताले केही पक्षको ख्याल गर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको को तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभामा पेश गरेको विदशी लागनी तथा प्रविधी हस्तान्तरण सम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अधिकारीले राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्दैमा प्रभावकारी कार्यन्वयन नहुने बताए ।

लगानी कर्ताले आफूले लगानी गर्दा प्रतिफल हुन्छ कि हुदैन ? लगानी सुरक्षित हुन्छ कि हुँदैन हेर्ने, लगानीको फाइदा आफ्नो देशमा लैजान सकिन्छ कि सकिन्न लैजादा अदालतहरुको व्याख्या हेर्ने र व्याख्यामा कानूनको शासन छैन भन्ने उसले ठान्यो भने वैदेशिक लगानी नआउने अधिकारीको भनाइ थियो ।  विदेशी लगानी आउन सबै कुरा मिल्नुपर्ने उनको भनाइ थियो ।

सरकारले चैत १४/१५ गते लगानी सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  २ : ०६ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर