प्रदेशस्तरमा छुट्टै खेलकुद विकास परिषद गठन गर्न प्रस्ताव « Khabarhub

प्रदेशस्तरमा छुट्टै खेलकुद विकास परिषद गठन गर्न प्रस्ताव


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– प्रदेशस्तरमा खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशमा खेलकुद विकास परिषद्‍ गठनको प्रस्ताव गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशसभामा टेबुल गरेको ‘प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सो प्रस्ताव गरिएको हो । प्रस्तावमा परिषद्‍को संरक्षक मुख्यमन्त्री र अध्यक्ष विभागीयमन्त्री रहने व्यवस्था गरेको छ ।

परिषद्‍मा सामाजिक विकास मन्त्रालयका सचिव, महिला दलितसमेतको प्रतिनिधित्व हुने गरी ख्यातिप्राप्त खेलाडी तीन जना र खेलकुद क्षेत्रमा सक्रिय अपाङ्गता भएका व्यक्तिमध्ये एक जना सदस्य तथा प्रदेश सरकारबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरेको छ । समितिको पदावधि चार वर्षको हुनेछ ।

खेलकुद क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमा गर्ने, जिल्ला–प्रदेश र अन्तर प्रदेश खेल प्रतियोगिता आयोजना गर्ने, खेलाडी तथा खेल संस्थाको छनोट, तालीमको व्यवस्था गर्ने, खेल पर्यटनको विकासका लागि कार्ययोजना बनाउने, मौलिक खेलको संरक्षण र प्रवर्द्धन गर्ने खेलाडीको बीमा, स्वास्थ्योपचार र आर्थिक सहायता लगायतका जिम्मेवारी परिषद्‍लाई तोकिएको छ ।

प्रस्तावित विधेयकमा परिषद्‍सँगै जिल्ला खेलकुद विकास समिति गठनको प्रावधान पनि राखिएको छ । जसको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्नेछ । जिल्ला खेलकुद विकास समितिले जिल्ला र स्थानीय तहहरुबीच खेलकुद क्षेत्रको समन्वय गर्ने, प्रतियोगिता आयोजना गर्ने, खेल क्षेत्रको विकास र विस्तारका लागि कार्ययोजना बनाउने उल्लेख छ ।

सामाजिक विकासमन्त्री दल रावलले खेलकुद विकास परिषद्‍ कर्णालीको खेल क्षेत्रको सर्वोच्च संस्था रहने गरी विधेयक ल्याइएको बताए ।

“परिषद्‍ले नै समग्र खेल जगत्को विकास, विस्तार गर्नुका साथै सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेल संस्थाबीच सहकार्य गरी अनुशासित समाज स्थापना गर्नमा मद्दत पुर्‍याउनेछ”, उनले भने, “कर्णालीका मौलिक खेलको पहिचान र प्रवर्द्धन गर्न परिषद्‍ले नै कार्ययोजना बनाओस् भन्ने सरकारको चाहना हो ।”

मन्त्री रावलले कर्णालीको खेल र पर्यटन क्षेत्रलाई जोड्न सके समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ४ : २६ बजे

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी