प्रदेशस्तरमा छुट्टै खेलकुद विकास परिषद गठन गर्न प्रस्ताव « Khabarhub

प्रदेशस्तरमा छुट्टै खेलकुद विकास परिषद गठन गर्न प्रस्ताव


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– प्रदेशस्तरमा खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशमा खेलकुद विकास परिषद्‍ गठनको प्रस्ताव गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशसभामा टेबुल गरेको ‘प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सो प्रस्ताव गरिएको हो । प्रस्तावमा परिषद्‍को संरक्षक मुख्यमन्त्री र अध्यक्ष विभागीयमन्त्री रहने व्यवस्था गरेको छ ।

परिषद्‍मा सामाजिक विकास मन्त्रालयका सचिव, महिला दलितसमेतको प्रतिनिधित्व हुने गरी ख्यातिप्राप्त खेलाडी तीन जना र खेलकुद क्षेत्रमा सक्रिय अपाङ्गता भएका व्यक्तिमध्ये एक जना सदस्य तथा प्रदेश सरकारबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरेको छ । समितिको पदावधि चार वर्षको हुनेछ ।

खेलकुद क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमा गर्ने, जिल्ला–प्रदेश र अन्तर प्रदेश खेल प्रतियोगिता आयोजना गर्ने, खेलाडी तथा खेल संस्थाको छनोट, तालीमको व्यवस्था गर्ने, खेल पर्यटनको विकासका लागि कार्ययोजना बनाउने, मौलिक खेलको संरक्षण र प्रवर्द्धन गर्ने खेलाडीको बीमा, स्वास्थ्योपचार र आर्थिक सहायता लगायतका जिम्मेवारी परिषद्‍लाई तोकिएको छ ।

प्रस्तावित विधेयकमा परिषद्‍सँगै जिल्ला खेलकुद विकास समिति गठनको प्रावधान पनि राखिएको छ । जसको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्नेछ । जिल्ला खेलकुद विकास समितिले जिल्ला र स्थानीय तहहरुबीच खेलकुद क्षेत्रको समन्वय गर्ने, प्रतियोगिता आयोजना गर्ने, खेल क्षेत्रको विकास र विस्तारका लागि कार्ययोजना बनाउने उल्लेख छ ।

सामाजिक विकासमन्त्री दल रावलले खेलकुद विकास परिषद्‍ कर्णालीको खेल क्षेत्रको सर्वोच्च संस्था रहने गरी विधेयक ल्याइएको बताए ।

“परिषद्‍ले नै समग्र खेल जगत्को विकास, विस्तार गर्नुका साथै सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेल संस्थाबीच सहकार्य गरी अनुशासित समाज स्थापना गर्नमा मद्दत पुर्‍याउनेछ”, उनले भने, “कर्णालीका मौलिक खेलको पहिचान र प्रवर्द्धन गर्न परिषद्‍ले नै कार्ययोजना बनाओस् भन्ने सरकारको चाहना हो ।”

मन्त्री रावलले कर्णालीको खेल र पर्यटन क्षेत्रलाई जोड्न सके समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ४ : २६ बजे

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक