द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै राष्ट्र संघ पुगे गोविन्द केसी « Khabarhub

द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै राष्ट्र संघ पुगे गोविन्द केसी


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका गोविन्द केसीले अब द्वन्द्वकालीन घटनाको विषयलाई पनि आफ्नो एजेण्डा  बनाएका छन् ।

डा. केसीले अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाको समर्थनमा द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै अभियान्ता डा गोविन्द्र केसीले जनआन्दोलनको घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

डा केसीले बुझाएको ज्ञापन पत्रमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारको ‘हत्या गरिएको’ भन्दै यसमा दोषी रहेका व्यक्तिलाई कारबाही हुनुपर्ने विषय उल्लेख गरिएको छ ।

डा केसीले द्वन्द्वपीडितले न्याय नपाएको, तर पीडकले हिंसा, भष्ट्राचार र कालोधनको बलमा सत्ता कब्जा गरेको आरोप समेत लगाएका छन् ।

‘आफ्नै देश, समाज र छरछिमेकमा भएका मानवता विरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्ष कै रजगज झन झन घनीभूत हुँदै गएको स्थितिले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ,’ डा केसीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

यस्तो छ डा. केसीसहितको समूहले संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगमा बुझाएको ज्ञापनपत्र,

 

 

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ०३ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत