मधेशमा उत्सवको रुपमा सीके राउतलाई स्वागत | Khabarhub Khabarhub

मधेशमा उत्सवको रुपमा सीके राउतलाई स्वागत


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित ‘जनमत पार्टी’का अध्यक्ष डा. सीके राउतलाई सिरहा, सप्तरी लगायत तराईका विभिन्न जिल्लामा स्वागत सहित अभिनन्दन गरिएको छ ।

मंगलबार विहान ११ बजेदेखि नै अभिनन्दन तथा स्वागतको कार्यक्रम राखिएको हो  । विहान सिरहाको लहानमा स्वागत तथा अभिनन्दन गरिएको थियो भने  दिउँसो रुपनीमा उनलाई समर्थकहरुले भव्य स्वागत गरे ।

सीके राउतको स्वागतका लागि निस्किएको र्‍याली  सप्तरीको राजविराज, मंसापुर-हनुमाननगर-योगिनिया, कंकालिनी मंदिर हुँदै भारदहसम्म पुगेको थियो । स्वागत र्‍यालीमा सहभागीहरुले राउतको पक्षमा नाराबाजी सहित बाजागाजासहित खुशीयाली मनाए ।

सरकारसँग भएको ११ बुँदे सम्झौतासँगै मधेशी जनताको ऐतिहासिक तथा अभूतपूर्व जित भएको भन्दै उनीहरुले खुशीयाली मनाएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : ३९ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार