काठमाडौं– नवगठित ‘जनमत पार्टी’का अध्यक्ष डा. सीके राउतलाई सिरहा, सप्तरी लगायत तराईका विभिन्न जिल्लामा स्वागत सहित अभिनन्दन गरिएको छ ।
मंगलबार विहान ११ बजेदेखि नै अभिनन्दन तथा स्वागतको कार्यक्रम राखिएको हो । विहान सिरहाको लहानमा स्वागत तथा अभिनन्दन गरिएको थियो भने दिउँसो रुपनीमा उनलाई समर्थकहरुले भव्य स्वागत गरे ।
सीके राउतको स्वागतका लागि निस्किएको र्याली सप्तरीको राजविराज, मंसापुर-हनुमाननगर-योगिनिया, कंकालिनी मंदिर हुँदै भारदहसम्म पुगेको थियो । स्वागत र्यालीमा सहभागीहरुले राउतको पक्षमा नाराबाजी सहित बाजागाजासहित खुशीयाली मनाए ।
सरकारसँग भएको ११ बुँदे सम्झौतासँगै मधेशी जनताको ऐतिहासिक तथा अभूतपूर्व जित भएको भन्दै उनीहरुले खुशीयाली मनाएका हुन् ।
प्रतिक्रिया