सांगठनिक एकीकरणको काम अनावश्यक लम्ब्याइयो : नेता नेपाल ( भिडियो सहित) | Khabarhub Khabarhub

सांगठनिक एकीकरणको काम अनावश्यक लम्ब्याइयो : नेता नेपाल ( भिडियो सहित)


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीमाझ उनले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहोर्‍याए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको बताए ।

वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ७ : ५१ बजे

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक