भूमाफियाको महाबिगबिगी : यसरी लुटे ५ हजार जनाले १८०० रोपनी « Khabarhub

भूमाफियाको महाबिगबिगी : यसरी लुटे ५ हजार जनाले १८०० रोपनी


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन्। त्यति धेरै जग्गा मिचेको प्रतिवेदन सरकारले २५ वर्षअघि नै पाए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। अतिक्रमणमा मुलुकका ठूलठूला मानिस जोडिएकाले कार्यान्वयन हुन नसकेको जिम्मेवार अधिकारी नै स्वीकार्छन्।

सूचनाको हक प्रयोग गरेर लिइएको १३५० पेज लामो रावल आयोग प्रतिवेदनमा सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्बर उल्लेख गरिएको अन्नपूर्ण पोस्टमा खबर छ।

सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो। पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो। तर सरकारी निकायले २५ वर्षसम्म प्रतिवेदनमाथि प्रभावकारी कदम चालेनन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीका भनाइमा ‘करिब १८ सय रोपनी सरकारी जग्गा मिचिएको आयोगको प्रतिवेदनबारे मौन बस्नु मन्त्रालयका अधिकारीको हितमा थियो। किनकि यसमा मुलुकका ठूलठूला मानिस जोडिएका थिए।’

सेनालाई राजनीतिक भेटमा कडाइ शीर्षकको समाचारमा सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचार संहिता सेनाले तयार पारेको छ। बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको बताए। उनले भने, ‘जंगीअड्डालगायत सबै सैनिक अंगमा एक सातासम्म सैनिक आचार संहिताका कक्षा सञ्चालन हुनेछ।’ जंगीअड्डाले शुक्रबार सैनिक आचार संहिता संग्रह-२०७६ सार्वजनिक गर्दै छ।

काठमाडौं–दिल्ली हवाई भाडा चर्को शीर्षक काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो।

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार एक साताअगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ७ : ०१ बजे

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा

कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा

इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन

श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले