रसुवागढी र सान्जेन जलविद्युतको सेयर खुल्यो « Khabarhub

रसुवागढी र सान्जेन जलविद्युतको सेयर खुल्यो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । दुबै कम्पनीको शुक्रवारबाट साधरण सेयर विक्री शुरु भएको हो ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सेयर निष्काशन गरेको हो ।

शुक्रवार सभामुख कृष्णबहादुर महराले सेयर आवेदन दिएर यसको सुरुवात गरेका हुन् । महराले १ लाख रुपैयाँ बराबरको १ हजार कित्ता रसुवागढीमा र ५० हजारको ५ सय कित्ता सान्जेनका लागि आवेदन दिएका हुन् ।

महरा पत्नी सिता महराले १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा), उर्जामन्त्री वर्षमान पुनले पनि १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)० र पुर्व सभामुख ओनसरी घर्तीले पनि १ लाख रुपैयाको (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)शेयर आवेदन दिइन् ।

रसुवागढीले निर्माणधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँ अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ ।

निष्कासन भएको मध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर सर्वसाधरणको लागि छुट्याएको छ ।

त्यस्तै सान्जेनले ४८ लाख ८२ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ५३ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल