‘छक्का पञ्जा २’ र ‘एभेन्जर्स: इन्ड गेम’ एकसाथ रिलिज हुने « Khabarhub

‘छक्का पञ्जा २’ र ‘एभेन्जर्स: इन्ड गेम’ एकसाथ रिलिज हुने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख १३ गतेबाट नेपालमा ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको छ । यो मितिमा नेपालमा अरु कुनै फिल्म पनि रिलिज नहुने भएपछि ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको हो । यद्यपि यही दिन हलिउडको प्रतीक्षित फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज हुँदैछ ।

पहिले नै रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ अन्य दुई सिरिजको तुलनामा कम चलेको थियो । फिल्म ‘छक्का पञ्जा’ को व्यापार भने आक्रामक थियो ।

दीपकराज गिरी लगायतको टिमले निर्माण रहेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् । कमेडी जानराको यो फिल्ममा जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, प्रियंका कार्की, स्वरुप पुरष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ ।

यसपटक भने फिल्मबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई सहयोग गरिने ‘छक्का पञ्जा २’ टिमले जनाएको छ ।

यता मल्टिप्लेक्सका दर्शकले भने ‘एभेन्जर्सः इन्ड गेम’ को पनि लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । यो फिल्ममा कैयन् सुपरहिरोहरु हुनेछन् । सुपरहिरोहरुलाई हामीले मार्भलको सिनेम्याटिक युनिभर्समा लड्दै गरेको देख्नेछौँ । यो फिल्म थ्रीडीमा पनि रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : २० बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको