यौन शिक्षा : जोडीको प्रशंसा गर्नुहोस, शारीरिक र मानसिक रुपमा नजिक बन्नुहोस् « Khabarhub

यौन शिक्षा : जोडीको प्रशंसा गर्नुहोस, शारीरिक र मानसिक रुपमा नजिक बन्नुहोस्


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन मानिसका लागि चाहिने आधारभूत आवश्यकता नै हो । पहिलो गाँस, बास र कपासलाई आधारभूत आवश्यकता भनेर व्याख्या गरिए पनि अहिले स्वास्थ्य, शिक्षा र यौनलाई पनि थपेर मानिसका पाँच आधारभूत आवश्यकता तय गरिएको छ ।

यौनका विषयमा प्रत्येक मानिसमा बेग्लाबेग्लै धारणा हुने गरेपनि स्वभाव भने खासै फरक पाइँदैन । यौनका विषयमा खुलेर नबोल्नेले पनि एकान्तमा हुँदा र यौनसँग सम्बन्धित लेख, अनुभवहरु मज्जाले पढ्ने गरेको पाइन्छ ।

यौनलाई एक आधारभूत आवश्यकताकै रुपमा बुझ्नु आवश्यक छ । यौनसँग सम्बन्धित जति कुरा हुन्छन् त्यसलाई गम्भीर रुपमा लिएमा समस्या हुने गर्छ । त्यसैले यौनसम्पर्कका बेलाका हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लियो भने यौन जीवन रमाइलो हुन्छ । जसका कारण तपाईंको जोडी सँधै रोमान्टिक हुन्छ ।

सम्भोगलाई प्रभावकारी बनाउन निम्न विषयमा ख्याल पुर्‍याउनु जरुरी छ

) आफ्नो पार्टनरको नजिक हुनुहोस । यो अवस्थामा दुवै शारीरिक र मानसिक रुपमा नजिक हुनुपर्छ ।
२) सम्भोगका बेला आफ्नो जोडीको मूडलाई ख्याल गर्नु आवश्यक छ । जोडीको मूड ठीक नभएमा उसलाई मायाले र स्पर्शले सही मूडमा ल्याउनुपर्छ ।
३) जबरजस्तीको प्रयास भए त्यो घातक हुन्छ । त्यसैले समझदारी अपनाउनुहोस्, दुवैलाई फाइदा पुग्छ ।
४) सम्भोगका विषयमा दुवैको मनमा केही शंका भएमा त्यसलाई पहिले हटाउनुहोस् । अनि मात्र अरु कुरा अघि बढाउनुहोस् ।
५) सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।
६) सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुपर्छ । जसले तपाईं र तपाईंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।
७) सम्भोगका बेला थोरै बोल्नुहोस्, जोडीप्रति एकाग्र बनेर उसको चाहनालाई महशुस गर्नुहोस ।
८) जतिबढी जोडीको प्रशंसा गर्नुभयो । त्यतिनै तपाईंहरु खुल्न सक्नुहुन्छ । खुलस्त हुने प्रयास गर्नुहोस् ।
९) पर्याप्त आनन्द लिन शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजनमा ख्याल गर्नुहोस् ।
१०) मनस्थितिलाई मजबुद बनाएमा तपाईंको यौन जीवन आनन्दमय बित्नेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : ११ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था