नेपालमा २० प्रतिशत मानिसमा मानसिक समस्या, औषधिबिना हुन्छ समाधान « Khabarhub

नेपालमा २० प्रतिशत मानिसमा मानसिक समस्या, औषधिबिना हुन्छ समाधान


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् ।

साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।

मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको आँैल्याए ।

अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए ।

यही वैशाख ३, ४ र ५ गते १८ जना सहभागीलाई साइको ड्रामाका अन्तर्राष्ट्रिय प्रशिक्षक डा हार्ब प्रोपर र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले प्रशिक्षण दिएका थिए ।

यो कोर्सअन्तर्गत ५०० घण्टा तालीम लिएकाहरु तालीम सहजकर्ता बन्न सक्ने र ८०० घण्टा तालीम लिएपछि प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने जनाइएको छ ।

इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले विश्वमा यस्ता प्रशिक्षण कार्यक्रमहरु नियमित हुँदै आएको भए पनि नेपालका लागि नयाँ भएको उल्लेख गर्दै यो विधिबाट मनोविमर्श सेवा दिँदा समस्या समाधान गर्न सहज हुने उल्लेख गरे ।

विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुन्छ । नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ । आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविद्हरुको भनाइ छ ।

त्यसैले मानसिक समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्श सेवा जरुरी रहेकाले गुम्सेर बसेका विचार बाहिर निकाल्नका लागि उपयुक्त विधि प्रयोग गर्न तालीमको आयोजना गरिएको जनाइएको छ । सहभागीले विगतमा सिकेका मनोसामाजिक सेवाभन्दा फरक रहेको उल्लेख गर्दै तालीममा सिकेका कुराहरु व्यावहारिक रुपमा प्रयोग गर्दा प्रभावकारी हुने विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया