‘पोइ पर्‍यो काले’ मा पूजा र आकाशपछि सौगात भित्रिए « Khabarhub

‘पोइ पर्‍यो काले’ मा पूजा र आकाशपछि सौगात भित्रिए


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिशिर राणाले निर्देशन गर्ने फिल्म ‘पोइ पर्‍यो काले’ मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र आकाश श्रेष्ठ अनुबन्ध भएका थिए । यो फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको हल्ला पनि फैलिएको थियो ।

निर्माण टिमका अनुसार यो फिल्ममा बिहीवार सौगात मल्ललाई अनुबन्धित गरिएको हो । फिल्मको कथा सौगात मल्लको वरिपरि घुम्ने बताइएको छ । फिल्ममा अर्की नायिका पनि हुने तर को हुने भन्नेमा अझै स्योर नभएको स्रोतले बतायो ।

आउँदो जेठबाट फ्लोरमा जाने यो फिल्ममा अर्की नायिकाका रुपमा सौगात मल्लकी प्रेमिका सृष्टि श्रेष्ठ हुने सम्भावना रहेको बताइएको छ । यद्यपि यसबारेमा कुनै जानकारी बाहिर आएको छैन ।

फिल्मले अहिलेलाई कार्तिक ८ गतेलाई रिलिज मिति तोकेको छ । फिल्ममा पूजा र आकाशको जोडी दर्शकले देखे पनि पूजा, आकाश र सौगातलाई भने यो फिल्ममा एकैसाथ पहिलोपटक देख्न पाउनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ४४ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा