तनहुँमा बम भेटियो, सेनाको टोलीद्वारा निष्क्रिय « Khabarhub

तनहुँमा बम भेटियो, सेनाको टोलीद्वारा निष्क्रिय


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भिमाद नगरपालिका परिसरमा शुक्रबार बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिए । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आत‌ंकित पार्न बम राखेको अनुमान गरिएको छ ।

यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  २ : २३ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको