मलेसियाको कलिङ भिसा लागेका ९ हजार श्रमिक कता हराए ? « Khabarhub

मलेसियाको कलिङ भिसा लागेका ९ हजार श्रमिक कता हराए ?


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ महिनामा मलेसिया जाने कामदारमाथि विभिन्न बाहानामा आर्थिक शोषण गदै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रालयको उक्त निर्णयपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी कलिङ भिसा लागेका श्रमिकका हकमा गत चैत १७ गतेदेखि अन्तिम श्रम स्वीकृति खुला गरिएको छ ।

मलेसियाको रोजगारी बन्द भएपछि वैदेशिक रोजगार व्यवसायीले पूर्व श्रम स्वीकृति लिएर अन्तिम श्रम स्वीकृति लिन बाँकी कलिङ भिसा लागेका नेपाली कामदार मलेसिया जानबाट बञ्चित भएको भन्दै श्रम मन्त्री गोर्कण विष्टलाई कलिङ भिसा खुलाउन पटक पटक आग्रह गरेका थिए ।

सोही अनुसार गत माघ महिनामा श्रम मन्त्रालयले कलिङ भिसा लागेका कामदारको विवरणसहित तंथ्याक रोजगारी व्यवसायीसँग मागेको थियो । त्यसको एक महिनापछि व्यवसायीले ९ हजार २ जना मलेसिया कलिङ भिसा लागेका कामदारको विवरण मन्त्रालयमा बुझाएका थिए ।

वैदेशिक रोजगार विभागले गत चैत १७ गतेदेखि मलेसिया कलिङ भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति जारी गर्ने ताहाचलस्थित श्रम कार्यालयलाई पत्राचार गरेको थियो । कलिङ भिसा लागेका कामदारको अन्तिम श्रम स्वीकृति खुलेको दुई साताभित्र २ सय जना मात्र श्रमिकले आवेदन दिएको श्रम कार्यालयले जानकारी दिएको छ ।

व्यवसायीले यति धेरै कलिङ भिसा लागेका कामदारको विवरण बुझाएपनि दुई साता बितिसक्दा पनि दुई सय श्रमिकले मात्र अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिएको ताहाचलस्थित श्रम कार्यालय प्रमुख देवेन्द्र कार्कीले जानकारी दिए ।

मलेसियाको कलिङ भिसा लागेका श्रमिक हकमा अन्तिम श्रम स्वीकृति खुलाएपनि आवेदन दिने कामदारको संख्या अति कम आएको उनको भनाइ छ । कार्यालयमा मलेसिया बन्द हुनअघि अन्तिम श्रम स्वीकृतिका लागि दैनिक ५ देखि ७ सय जनालाई आवेदन दिने गरेको कार्यालय जनाएको छ । यसैका आधारमा पनि मलेसिया कलिङ भिसा लागेका कामदारले दुई सातामा अन्तिम श्रम स्वीकृति लिइसक्नुपर्ने कार्यालयको भनाइ छ ।

व्यवसायीले विभागमा बुझाएको विवरणका आधारमा दुई सातामा ९ हजार २ सयले नै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने कार्यालयको बुझाई छ । तर, दुई सातामा २ जनाले मात्र आवेदन दिएका छन् । त्यो भन्दा बाहेक कलिङ भिसा लागेका श्रमिक कता गए त भने प्रश्न उव्जिएको छ । मलेसियाका लागि कलिङ भिसा लागेका कामदार रोजगारीमा मलेसियाभन्दा बाहेक देश गए कि मलेसिया नखुल्ने भएपछि भिसा रद्द गरेर घरमै बसेका हुनसक्ने अनुमान श्रम मन्त्रालयको छ ।

केडीएन म्याद सकिएको व्यवसायीको दावी 

मलेसियाको श्रम स्वीकृति खुलेपनि केडीएन(करार) म्याद सकिएका श्रमिकलाई के गर्ने भन्ने सम्बन्धमा ठोस निर्णय नभएको रोजगार व्यवसायीले बताउँदै आएका छन् । कलिङ भिसा लागेका कामदार मलेसियाभन्दा बाहेक देश गइसकेको श्रम मन्त्रालयको बुझाइ छ । तर, व्यवसायीले भने कलिङ भिसा आएको लामो समयसम्म पनि नेपाली कामदार मलेसिया जान नपाएपछि मलेसिया सरकारले जारी गरेको कामदारको केडीएन (करार) अवधि समाप्त हुँदा अधिकांश कामदार कालोसूचीमा परेको आरोप लगाइरहेका छन् ।

मलेसियन केडीएन अवधि सामान्यतया एक बर्ष अवधिको हुने गरेको छ । गत कात्र्तिक महिनामा मलेसिया र नेपालीबीच श्रम सम्झौता हुँदा कलिङ भिसा लागेका कामदार लिने सहमति भएको थिए । सोही सहमतिअनुसार कलिङ भिसा लागेका श्रमिक कालोसूची र केडीएन म्याद नसकिने श्रम मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले नेपालस्थित मलेसियाली दूतावासलाई पत्राचार नगरेको कारण अधिकांश कलिङ भिसा लागेका कामदार अवधि सकिएको व्यवयायीले बताउँन थालेका छन् । कलिङ भिसा अघि जारी हुने केडीनको समयअवधि सकिएका विदेशी श्रमिकलाई मलेसिया जान प्रतिवन्धित हुने गरेका छन् । तर, यो विषय श्रम सम्झौता हुँदा नै सहमति भएका कारण कलिङ भिसा लागेका कामदारको कालोसूचीमा नपर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ३ : ०३ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल