नेपाली कलाकार–‘टिकटक’ मा रमाउने कि अभिनयमा ? | Khabarhub Khabarhub

नेपाली कलाकार–‘टिकटक’ मा रमाउने कि अभिनयमा ?


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकार यति सस्ता छन् कि, ती कलाकारले दर्शकले जहाँ जतिबेला जुन अवस्थामा पनि भेट्न सक्छन् । कलाकारको हाउभाउ र बोली पनि अति सामान्य हुन्छ । धेरै कलाकारलाई ‘डिप्लोम्याटिक’ र आम दर्शकभन्दा फरक बन्नुपर्छ भन्ने पनि थाहा छैन ।

कलाकारले सामाजिक सञ्जालमा पनि आफूलाई निकै ‘खुला’ छोडेका हुन्छन् । जे पनि पोस्ट गरेका हुन्छन्, दिनभरिमा के खाइयो, के गरियो भन्ने पनि भन्दै हिँडिरहेका हुन्छन् ।

नेपाली कलाकारको यस्तो प्रवृत्तिले सम्रग कलाकारिता जगतमा नै एक खाले प्रभाव पारेको छ ।

दर्शकलाई समेत लाग्न थालेको छ कि, कलाकार बन्न खासै गाह्रो छैन । यही धाउन्नमा त कति त ‘टिकटक’ बाट भाइरल भएर कलाकार पनि भइसकेका छन् । तर, ती टिकटके कलाकार कहिलेसम्म रहन्छन् भन्ने थाहा हुँदैन । यसअघि निर्देशकले टिकटक हेरेर फिल्ममा लिएका केही कलाकार र फिल्म ‘फ्लप’ भइसकेका छन् ।

कतिपयले फिल्मकर्मीले त टिकटक तथा युट्युबमा हिट भएका ‘व्यक्ति’लाई उठाएर फिल्ममा मौका दिने गरेका छन् । यसको प्रभाव यहाँ अभिनयमा केही गर्छु भन्नेलाई पनि परेको छ ।

कलाकार प्रियंका कार्कीले टिकटक चलाउँछिन् । उनको प्रोफाइल हेर्ने हो भने बच्चाझैँ अभिनय गरेर बनाइएका टिकटक उनको प्रोफाइलमा प्रसस्त छन् । त्यस्तै वर्षा राउत पनि चल्तीकी नायिका हुन् । तर उनी टिकटक पनि खुबै रमाएको देखिन्छ । अभिनयमा राम्रो दख्खल भएकी भनिएकी नायिका नीता ढुंगाना पनि टिकटकमा रमाएको देखिन्छ । यद्यपि प्रियंका र वर्षाको तुलनामा उनी केही कम चलाउँछिन् ।

नेपालमा ‘टप’ भनिएका नायिकाहरु नै टिकटक क्वीन बन्ने धाउन्नमा लागेपछि अरु पनि टिकटकमा रमाउनु खासै नौलो कुरा पक्कै भएन । भलै प्रियंका कार्कीको क्रेज फिल्मका दर्शकमाझ खस्किसकेको छ ।

अर्कातिर केही कलाकारले भने कलाकार भएपछि आफूलाई निकै सस्तो बनाउन नहुने बताउँछन् । यस विषयमा धेरै कलाकार नबोले पनि केही कलाकारले भने सार्वजनिक रुपमै आफ्नो धारणा राख्न थालेका छन् ।

नायिका वर्षा शिवाकोटीले पनि बेलाबेलामा कलाकारहरु निकै ‘चिप’ भएको गुनासो गर्न थालेकी छिन् । शिवाकोटीका अनुसार कलाकार निकै सस्तो हुँदा र जे पनि सामाजिक सञ्जालमा पोस्ट गर्दा कलाकारको हैसियत गुम्दै गएको छ । यस्तो गुनासो अन्य कलाकारको पनि रहने गर्छ ।

नेपालमा त्यस्ता केही कलाकार चाहिँ अझै पनि छन्, जो आफ्नो बारेमा सबथोक शेयर गर्दैनन् । जस्तो कि, दीपकराज गिरी लगायत उनको टिमले आफ्ना बारेमा हरेक दिन पोस्ट गर्ने, मिडियामा पनि निरन्तर आइरहने गर्दैनन् । यस्तै अभिनेता अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनिया लगायतले आफ्ना बारेमा धेरै कुरा सामाजिक सञ्जालमा शेयर गर्दैनन् ।

यता केही सीमित कलाकारले सामाजिक सञ्जालमा आफूलाई निकै ‘सस्तो’ बनाउँदा अरु कलाकारलाई पनि असहज भइरहेको छ । तर कलाकारहरु खासै बोल्न चाहँदैनन् । कारण, आफ्नै साथीहरुलाई असर पर्छ ।

कलाकारले आफूलाई ‘ब्यालेन्स’ राख्न सक्नु पनि एउटा कला हो । तर, यहाँ केही कलाकार किन यति ‘चीप’ भइरहेका छन् र यसले फाइदा र घाटामा कसलाई के दिएको छ भन्ने पक्कै सबैले बुझेका होलान् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : १२ बजे

सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक

११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औँ

तीनपिप्लेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक माइक्रोबस दुर्घटना

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

काठमाडौं– पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ