कमल थापाले खल्तीबाट धर्मनिरपेक्षताको व्यानर निकालेर जलाएपछि… « Khabarhub

कमल थापाले खल्तीबाट धर्मनिरपेक्षताको व्यानर निकालेर जलाएपछि…


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहित राजधानीमा प्रर्दशन गरेको छ ।

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाएका थिए ।

कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । अध्यक्ष थापालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ०४ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार