सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो « Khabarhub

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको सरस्वती सामुदायिक वनमा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।  शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक वनमा शनिबार बिहान आगो लागेको गाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

गाँउपालिका कार्यालय र चिरीयाघार बजारदेखि झण्डै डेढ सय मिटर पश्चिम तर्फको दूरीमा रहेको उक्त सामुदायिक वनमा बिहान ५ बजेतिर आगो लागेको जानकारी स्थानीयले गाँउपालिकाका अध्यक्ष डाँङीलाई गरेका थिए ।

सामदायिक वनमा आगलागी भएको सूचना गाउँपालिकाका अध्यक्ष डाङ्गीले प्रहरी चौकी चिरीयाघाट दिएपछि प्रहरी र स्थानियले आगोलाई नियन्त्रणमा लिएका शान्तिनगर गाँउपालिकाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, उक्त सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र स्थानीयको पहलमा आगोलाई नियन्त्रणमा लिएको र बस्ती तथा मानवीय क्षतिबाट जोखिएको प्रहरी चौकी चिरियाघाटले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ५९ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ