सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्त « Khabarhub

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्त


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा ५ जना नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च अदालतका मुख्य न्यायाधीश र कानून व्यवसायीबाट गरी ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रकाशकुमार ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

न्याय परिषदको सिफारिसअनुसार पाँचै जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

न्यायाधीशमा सिफारिस भएका ५ जनाको बिहीबार मात्रै संसदीय सुनुवाइ सकिएको थियो ।

संसदीय सुनुवाइ समितिले सर्वसम्मतिबाट ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ५५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा