राष्ट्रपति भण्डारी चीन जाँदै, भ्रमण दलमा को को ? « Khabarhub

राष्ट्रपति भण्डारी चीन जाँदै, भ्रमण दलमा को को ?


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी चीन भ्रमणमा जान लागेको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार भण्डारीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछिन् ।

भण्डारीले चीनिया राष्ट्रपति सि जिन पीङसँग समेत भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही अवसरमा दुई देशबीच तयार भएको पारवहन सम्झौतासम्बन्धी प्रोटोकलमा हस्ताक्षरसमेत गरिने जनाइएको छ ।

राष्ट्रपति भण्डारी समकक्षी जिनपिङद्वारा आयोजित भोजमा समेत सहभागी हुने र अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमासमेत सहभागी हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले उच्च चिनीयाँ नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्यलगायत रहने जनाइएको छ ।

बीआरआईको पहिलो सम्मेलन २०७४ साल ३१ वैशाखदेखि १ जेठसम्म भएको थियो।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ४२ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक