बढ्दो हिंसाबीच मालीको सरकार ढल्यो « Khabarhub

बढ्दो हिंसाबीच मालीको सरकार ढल्यो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– मुलुकका मध्य तथा उत्तरी क्षेत्रमा हिंसात्मक घटनामा बृद्धि भएपछि अफ्रिकी मुलुक मालीको सरकारले राजीनामा दिएको छ ।

बिहीबार राष्ट्रपति इब्राहिम बोउबकर केइटाको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सोउमेलु बोउबेये माइगा र उनको मन्त्रिपरिषद्ले राजीनामा दिएको जनाएको हो ।

चार साताअघि मालीका मध्य भेगमा रहेको ओगोसागो गाउँमा परम्परागत डोगोन सिकारी समुदायको भेषमा आएका मानिसहरुले प्रतिद्वन्द्वी घुमन्ते गोठाला फुलानी जातिका मानिसहरुमाथि आक्रमण गरी १६० जनाको हत्या गरेपछि त्यहाँको सरकार निकै नै दबाबमा रहेको थियो ।

यस्तै, हालै आतंककारी संगठन अल कायदासँग सम्बद्ध समूहले मुलुकका मध्य भेगमा नै सेनालाई लक्षित गरी गरेको आक्रमणमा २३ जनाको ज्यान गएको थियो ।

बढ्दो हिंसासँगै सरकारले लडाकुलाई निशस्त्रीकरण गर्न नसकेको तथा अतिवादी इस्लामिक लडाकुलाई परास्त गर्न नसकेको भन्दै बुधबार त्यहाँ सरकारप्रति अविश्वासको प्रस्तावबारे छलफल भएको थियो ।

छलफलसँगै प्रधानमन्त्रीले राजीनामापत्र राष्ट्रपति कार्यालयमा बुझाएको र राष्ट्रपति केइटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को राजीनामा स्वीकृत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु