आउँदो बजेटमा वृद्धभत्ता बढ्ने : मन्त्री बाँस्कोटा « Khabarhub

आउँदो बजेटमा वृद्धभत्ता बढ्ने : मन्त्री बाँस्कोटा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने भएको छ । चुनावी घोषणा पत्रमा वृद्धभत्ता बढाउने भनेर नेकपाले गरेको प्रतिवद्धता अनुसार आउँदो बजेटमा वृद्धभत्ता बढाउन लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका हुन् ।

मन्त्री बाँस्कोटाले प्यूठानको गौमुखीमा शुक्रबार भएको कार्यक्रममा वृद्धभत्ताको साथसाथै सरकारले जेष्ठ नागरिकको लागि १ लाखको बीमा गर्ने र त्यसको प्रिमियम समेत सरकारले तिर्ने जानकारी दिए ।

उनले सरकारले यो बजेटमा छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था समेत गर्न लागेको बताए ।

हाल वृद्धवृद्धाले मासिक २ हजारका दरले वृद्धभत्ता पाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : १९ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ