म्यान्चेस्टर सिटीले यो सिजन शानदार अन्त्य गरेको छ । सिटीले वाटफोर्ड विरुद्ध जित निकाल्दै ऐतिहासिक डोमेस्टिक ट्रिबल पूरा गरेको छ। जुन कुनै पनि पुरुस टोलीले एकै सिजनमा गर्न सकेको थिएनन् ।
शनिवार राति वेम्लिमा भएको एफए कप अन्तरगतको फाइनल खेलमा सिटीले वाटफोर्डमाथि ६-०को विशाल जित हात पारेको हो ।
रहिम स्टर्लिङ र ग्रयावियल जिससले दुई दुई गोल गर्दा पेप गोर्डिवलाको टिम प्रिमियर लिग, एफए कप र कराबाओ कप एकै सिजनमा जित्दै डोमेस्टिक ट्रिबल गर्न सलफ भएको हो ।
यो सिटीका लागि छैठौ एफए कप हो भने गर्डिवलाको लागि पहिलो । २०१६ मा डत्तेहादमा पुगेपछि गर्डिवला यो छैठौं उपाधि हो ।
प्रतिक्रिया