विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर « Khabarhub

विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ। विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेको कान्तिपुर दैनिकमा खबर छ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो। पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ। ‘एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो,’ विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने, ‘मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केहीथाहा छैन।’

विद्यालयको अनुमतिबिनै जग खन्न थालेपछि शिक्षक र विद्यार्थीले विरोध गरेका थिए। मेयर शाक्य बिहीबार शिलान्यास गर्न जाँदा उनीहरूले नाराबाजी गरेर अतिक्रमण नगर्न आग्रह गरेका थिए। तर प्रहरीसहित स्थानीयले बल प्रयोग गरेर शिलान्यास गराएको शिक्षकहरूले गुनासो गरेका छन्। ‘जग्गा हडप्न आएकालाई विद्यालय परिसरमा छिर्न नदिन गेटमै नारा लगाएर बसेका थियौं,’ कक्षा १० का एक छात्रले भने, ‘प्रहरीले शिक्षक र विद्यार्थी साथीहरूलाई हातपात गरेर शिलान्यास गराइछाडे।’

जग्गा कब्जामा परेपछि विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ। शैक्षिक संस्थाको जग्गामा नगरपालिकाको भवन बनाउनु न्यायसंगत नहुने भन्दै विद्यालयले उजुरी दिएको हो। वडा कार्यालय बनाउने विषयमा सञ्चालक समितिलाई समेत थाहा नदिइएको विद्यालयले जनाएको छ।

रंगीचंगी आधारशिविर शीर्षकको अर्को समाचारमा सगरमाथा आधारशिविरमा बिहीबार निकै चहलपहल देखिन्थ्यो। कोही आरोहण गरेर भर्खरै फर्किएका थिए। उनीहरूलाई स्वागत गर्नेहरूमा उल्लास थियो। कोही आराम गरिरहेका थिए। आरोहण टोलीका केही शेर्पाहरू दोस्रो शिविरतिर जान भारी कस्दै थिए।
वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मानिन्छ। खासगरी अंग्रेजी महिना मेको २९ भित्र आरोहण गरिसक्ने चलन छ, जुन दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। आधार शिविरमा सयौं पाल टाँगिएका छन्। करिब तीन किलोमिटर टाढा गोरक्सेपदेखि आधारशिविरको रंगीचंगी पाल देख्न सकिन्छ। यस क्षेत्रमा करिब दुई हजार जना छन्। सगरमाथा आरोहणका लागि विदेशी आरोही मात्र ३६ दलका ३ सय ६६ छन्। नेपाली ६ दलका १३ जना छन्।

पर्यटन विभागबाट सम्पर्क अधिकृतका रूपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले १ सयभन्दा बढीले आरोहण गरिसकेको जानकारी दिए। ल्होत्से, नुप्त्सेलगायत आरोहण गर्नेका लागि समेत आधारशिविर एउटै हो। ल्होत्सेका लागि १२ दलका ९८ सदस्यले अनुमति लिएका छन्। नुप्त्से ३ दलका ३७ जना र पुमोरी १ दलका ११सदस्यले आरोहण गर्दै छन्।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ७ : २८ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण