त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु « Khabarhub

त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धादिङको गजुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३४७ नम्बरको बस गजुरी गाउँपालिका ६ को बञ्चरेटारमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट ३ जनाको शव फेला परेको र ३ जनालाई उद्धार गरी काठमाडौं ल्याउँदै गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अहिले पनि उद्धार कार्य जारी छ । बस सडकबाट तल नदीमा खसेको छ । बसमा कति यात्रु थिए भन्ने विवरण नआउँदा दुर्घटनामा कति घाइते भए भन्ने खुलेको छैन । दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  ८ : ०२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म