फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने « Khabarhub

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्ँतरण गर्ने उद्देश्यका साथ काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिएको जनाएको हो ।

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थिति हुने महागरले जनाएको छ ।

महानगरपालिकाले पुराना चलचित्रहरूको संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकका नेपाली कथानक चलचित्रहरू ’कुमारी’ र ’के घर के डेरा’को विशेष प्रदर्शन गर्ने जनाएको छ ।

स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नु समेत काठमाडौं फिल्म फेस्टिभलको मुख्य लक्ष्य रहेको महानगरले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ६ : ४८ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका