शुक्र ग्रह कुन राशिमा बस्दा प्रेम सम्बन्ध कसिलो हुन्छ ? जानिराखौं « Khabarhub

शुक्र ग्रह कुन राशिमा बस्दा प्रेम सम्बन्ध कसिलो हुन्छ ? जानिराखौं


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदिक ज्योतिषमा शुक्र ग्रहलाई प्रेमको कारक ग्रहका रुपमा लिइन्छ । कुनै पनि मानिसको जीवनमा प्रेमको रस भर्ने काम शुक्र ग्रहले गर्छ ।

शुक्र ग्रहको स्वामित्व बढी भएको बालक प्रेमका मामिलामा अन्य भन्दा नितान्त फरक हुने शास्त्रले देखाउँछ ।  कुनै व्यक्तिको जन्म कुण्डलीमा बसेको शुक्रकै कारण उसको प्रेम सम्बन्धको प्रभाव कस्तो हुन्छ ? कस्तो स्थितिमा बसेको शुक्रको असर के हुन्छ ? यसका साथै कुन राशिमा शुक्रको सामित्व बढी रहन्छ यस विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

शुक्र ग्रहलाई दुई वटा राशिको अधिपति (राजा) बनाइएको हुन्छ । ज्योतिष शास्त्रका अनुसार शुक्र ग्रह वृष र तुला राशि के स्वामी हो । यी राशि भएका मानिसमा शुक्रको गहिरो प्रभाव हुन्छ । जसका कारण बालक सुन्दर र आकर्षण व्यक्तिको धनी पनि हुन्छ । यस्तो प्रभाव भएका मानिसमा कला व प्रकृतिसँग पनि उत्तिकै प्रेम हुन्छ । उनीहरु प्रेमका मामिलामा अधिक रूचि राख्छन् ।

शुक्रको स्थिति कस्तो हुँदो के प्रभाव ?

ज्योतिष शास्त्रका अनुसार प्रेमको कारक शुक्र ग्रह मानिसको जन्म कुण्डलीमा जुन भावमा बसेको हन्छ, सोही अनुसार उसले फल भोग्छ । शुक्र यदि कसैको जन्म कुण्डलीमा शुक्र पहिलो भावमा अर्थात मेष राशिको घरमा बसेको छ भने उसको प्रेममा उर्जा अधिक हुने मानिन्छ । यदि कुण्डलीमा दोस्रो भाव अर्थात वृष राशिमा बसेको छ भने झन राम्रो मानिन्छ । यसको फल भने प्रेम सम्बन्ध मजबुत हुनुका साथै धन प्राप्ति हुने योगका रुपमा समेत लिइन्छ ।

यदि शुक्र ग्रह जन्म कुण्डलिमा मिथुन राशि विराजमान छ भने त्यो व्यक्ति पराक्रमी हुन्छ । यसले दाजुभाइबीचको सम्बन्ध मजबुत हुन्छ । पारिवारिक सम्बन्ध पनि सुमधुर हुन्छ भन्ने फलादेश गरिन्छ । त्यसैगरी शुक्र ग्रह जन्मकुण्डलीको चौथो भावमा शुखको स्थानमा बसेको छ भने उसको जीवनमा सवै प्रकारको सुख हुन्छ भन्ने फलादेश गरिन्छ । चाहे त्यो प्रेममा होस् वा धनमा नै किन नहोस् ।

शुक्र यदि जन्मकुण्डलीको पाँचौ भावमा बसेको छ भने यस्तो मानिसका लागि प्रेम सम्बन्ध निकै नै राम्रो मानिन्छ । यसले प्रेमी व प्रेमिकाको सम्बन्धमा नयाँ दिशा दिन्छ । प्रेमको सञ्चार हुनुका साथै प्रोत्साहितको काम समेत गर्छ । तर, कहिले काहीँ यस भावमा शुक्र, मंगल वा चंद्रमा तीनै ग्रह जब एक साथ आउँछन् भने प्रेम सम्बन्धमा उतारचढाव आउने विश्वास गरिन्छ । यस्ता जन्मकुण्डली भएका व्यक्तिहरु आफ्नो भावनालाई वसमा राख्न सक्दैनन । सवै सम्बन्धलाई तोड्नुपर्ने सम्को स्थिति समेत आउँन सक्छ ।

त्यस्तै जब शुक्र जन्मकुण्डलीको छैटौं भावमा बसेको हुन्छ भने मानिसर क्रोधी हुन्छ । उसका दुश्म बढी हुने गर्छन् । सातौं भावमा (पति-पत्नीका घर पनि भनिन्छ) शुक्र बसेको छ भने त्यो मानिसको वैवाहिक जीवनमा सुख मिल्छ । साथीहरुसँगको सम्बन्ध पनि मजबुत हुन्छ भन्ने विश्वास गरिन्छ ।

त्यसैगरी शुक्र आठौं स्थानमा बसको हुन्छ भने व्यक्तिमा छाला सम्बन्धी समस्या देखा पर्छ । त्यसैगरी यदि शुक्र बालकको नवौं अर्थात भाग्य स्थान बसेको छ भने त्यो मानिसलाई प्रेमी प्रमिकाबाट भाग्योदय हुने विश्वास गरिन्छ ।

शुक्र यदि दशौं स्थानमा छ भने उसको जीवनमा सुख हुनुका साथै प्रेमभाव पनि बलियो हुन्छ । यदी शुक्र ११ औं स्थानमा छ भने उसको काममा वृद्धि, लाभ तथा प्रेमी(प्रेमिकाबीचको सम्बन्धमा पनि बलियो मानिन्छ । यदी शुक्र १२ औं स्थानमा छ भने ज्योतिष शास्त्रका अनुसार उसको प्रेम सम्बन्ध शुभ मानिन्छ । विदेश भ्रमणको योग पनि मानिन्छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : ४८ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले