आजका समाचार : कर्णालीलाई ध्यान दिने रास्वपा सभापतिको भनाइ, गृहमन्त्रीको बिहे फिक्स, कांग्रेसकै नाम प्रयोग गर्ने देउवा समूहको अडान, सुकुम्बासीको बिजोग र प्लेअफका लागि नेपाली टोली घोषणा « Khabarhub

आजका समाचार : कर्णालीलाई ध्यान दिने रास्वपा सभापतिको भनाइ, गृहमन्त्रीको बिहे फिक्स, कांग्रेसकै नाम प्रयोग गर्ने देउवा समूहको अडान, सुकुम्बासीको बिजोग र प्लेअफका लागि नेपाली टोली घोषणा


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मत नदिए पनि कर्णाली सरकारको प्राथमिकतामा रहन्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।

सुर्खेतमा आयोजित रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विकासलाई निर्वाचनको परिणाम र राजनीतिक प्रतिनिधित्वसँग जोड्न नहुने स्पष्ट पारे।

कर्णालीले रास्वपालाई मत दिए पनि नदिए पनि सरकारमा रहुन्जेल प्रदेशको विकासलाई प्राथमिकता दिने उनको भनाइ थियो।

‘हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

बीपी प्रतिष्ठानको अनुगमनमा पुगे गृहमन्त्री गुरुङ

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा देवीनाच अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित देवीनाच अवलोकन गरेका छन् ।

नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् ।

हनुमानढोकास्थित नासल चोक डबलीमा आयोजित कार्यक्रममा उनले देवीनाच अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए। सो अवसरमा उनले पुजारीबाट टीकाप्रसादसमेत ग्रहण गरे।

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने

ढोरपाटन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, ३५ किलोमिटर लाइन सञ्चालनमा

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

‘हामीलाई कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन’

नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा। प्रकाशशरण महतले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएकाले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफुहरुले न्याय पाउने उनको भनाइ छ ।

उनले सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्षमा फैसला भयो भन्दै दाबी गर्नुको औचित्य नरहेको स्पष्ट पारे । महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि महतले बताए ।

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

कांग्रेस एकजुट भएर स्थानीय तह निर्वाचनमा जुट्नुपर्छ : महामन्त्री पौडेल

इनम प्रकरणमा प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– गगनलगायत विरूद्ध बयान दिन दबाब दिइएको हो ?

मोहनबहादुर बस्नेतले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा बसेर खाना खाएका छन्। स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।

सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि गास र बासको चिन्तामा रहेका सुकुम्बासीलाई सहयोग गर्न जेन(जी अभियन्ता माजिद अन्सारीसहितको टोली शनिबार बिहान खाना लिएर पुगेको थियो।

तर, प्रशासनले सेन्टरभित्र खाना लैजान रोक लगाएपछि उनीहरूले सडक किनारमै बसेर खाना खाएका हुन्।

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमै आयोजना हुने प्रतियोगिताका लागि टोली सार्वजनिक गरिएको हो ।

क्यानले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, डा। ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र अभिशेष गौतम अटाएका छन्।

आठ टोली सहभागी हुने यस प्रतियोगितामा आयोजक नेपालसहित युगान्डा, जर्सी, इटाली, कुवेत, संयुक्त अरब इमिरेट्स ९यूएई०, नामिबिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। घरेलु मैदानमा हुने महत्वपूर्ण प्रतियोगितामार्फत नेपालले आगामी विश्वकप छनोट यात्राको अर्को चरण बलियो बनाउने लक्ष्य लिएको छ ।

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने सङ्केत गरेका थिए ।

दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ ।

किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गरेका थिए । दक्षिण कोरियाको जासुसी निकायले शनिबार विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

तर, राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगरेको स्पष्ट पार्दै उत्तर कोरिया–चीन सम्बन्धको निगरानी भइरहेको जनाएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो ।

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

सन् २०३० सम्म थप पाँच आणविक पनडुब्बी भित्र्याउने रूसको घोषणा

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

इजरायलमा सत्ता साझेदारीको प्रयास, नेतान्याहुद्वारा आलोपालो प्रधानमन्त्रीको प्रस्ताव














प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ७ : ५२ बजे

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि

म्यान्मामा विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण, १७ जनाको मृत्यु भएको आशङ्का

याङ्गुन- म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा

भीरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट खसेर एक विद्यार्थी

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

जनकपुरधाम- त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने