६३ वर्षे साहसिक किसान जसले ज्यान जोगाउन आफ्नै खुट्टा काटे | Khabarhub Khabarhub

६३ वर्षे साहसिक किसान जसले ज्यान जोगाउन आफ्नै खुट्टा काटे


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– ज्यान नै जोखिममा परेका बेला मानिसले केसम्म गर्न सक्छन् ? मानिसको बाँच्ने अभिलाषा कतिसम्म हुन्छ र जीवन–मृत्युको दोसाँधमा रहेका बेला मानिसले कतिसम्मको सहासिक निर्णय लिनुपर्ने हुनसक्छ भन्ने उदाहरण अमेरिकाको नेब्रास्का राज्यका एक किसानले दिएका छन् ।

उनले जीवन बचाउनका लागि आफ्नो खुट्टा नै काट्नेसम्मको निर्णय लिन पुगे । खासमा नेब्रास्का राज्यको पेन्डर शहर नजिक काम गर्ने किसान ६३ वर्षीय कर्टिस केजर खेतमा अन्न जम्मा पार्ने मेसिनमा काम गरिरहेका थिए । अनजानवश त्यही बेला उनको बायाँ खुट्टा अन्न राख्ने मेसिनमा पर्यो । मेसिनमा उनको खुट्टा परेसँगै उनलाई असह्य पीडा भइरहेको थियो । उनले त्यहाँबाट आफ्नो खुट्टा झिक्ने अनेक प्रयास गरे, जुन सफल हुन सकेन ।

उनले जतिसक्दो छिटो सहयोगको याचना गर्नुपर्ने थियो । आसपास कोही नभएकाले उनले सहयोगका लागि फोन गर्ने प्रयास गरे । दुर्भाग्यवश त्यहीबेला उनको साथमा फोन पनि थिएन । त्यसपछि उनले आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय लिए, उनले अब जीवनलाई अघि बढाउनका लागि मेसिनमा फसेको खुट्टा काट्ने निकै नै सहासिक निर्णय लिए । किसान भएकाले उनको खल्तीमा ३ इन्चको चक्कु भने थियो । त्यसपछि उनले खल्तीबाट त्यही चक्कु झिकेर खुट्टा काटे ।

खुट्टा काटेपछि उनी हातले घिस्रँदै घरसम्म पुगे । त्यसपछि हेलिकोप्टरबाट उनलाई अस्पताल लगियो । एक साताको अस्पताल बसाईपछि उनलाई फिजिकल थेरापीका लागि अर्को अस्पताल रिफर गरियो । खुट्टा गुमेपनि उनी बाँच्न भने सफल भए । हालै भएको घटनापछि उनी अहिले श्रीमतीसँग घरमा आराम गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुबै दम्पत्ती अहिले त्यस दुर्घटनालाई भुलाउने प्रयासमा छन् । उनले निकट भविष्यमै आफू खेतिपातीमा पुनः फर्किने जनाएका छन् । उनले आफूजस्तै अन्य किसानलाई काम गर्दा निकै सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : १३ बजे

जुम्लाको तापक्रम माइनसमा झर्‍यो, जनजीवन प्रभावित

जुम्ला– जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही– सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको

साताका १३ तस्बिर

काठमाडौं – यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर

बन्द गर्छु आँखाहरू

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ