दबाव नलिई विश्वकप खेल्छौं – अफ्रिकी कप्तान प्लेसिस « Khabarhub

दबाव नलिई विश्वकप खेल्छौं – अफ्रिकी कप्तान प्लेसिस


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले यसअघिका विश्वकप क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेको बताए ।

आइतबार अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग कुरा गर्दै कप्तान डु प्लेसिसले १२ सम्म आइपुग्दा यसअघिका प्रतियोगिताहरुमा अनावश्यक दबाब लिने गरेको बताएका छन् ।

विश्व क्रिकेटको हस्ती मध्येको अफ्रिकाले अन्य प्रतियोगितामा राम्रो पर्दन गरेपनि विश्वकपमा भने फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । तर, इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्किपर डु प्लेसिसको नेतृत्वमा राम्रो प्रदर्शन गर्ने अनुमान लगाइएको छ ।

‘यसअघिका विश्वकपहरुमा हामीले सुपरम्यानका रुपमा प्रदर्शन गर्न खोज्यौं । हामीले चहाएका छौं यो विश्वकप अझै विषेश हुनेछ । हामी अहिलेसम्मका भन्दा राम्रो प्रर्दशन गर्न चाहान्छौं र अघिल्लो संस्करणहरुमा हामीले राम्रो गर्न सकेको छैन्,’ कप्तान डु प्लेसिसले भने,‘हामीले विगतमा कहिलै पनि राम्रो गर्न सकेका छैनौं । इङ्ग्ल्यान्डमा हामी राम्रो क्रिकेट खेल्नेछौं । तर, हामी आफूमा दबाब पनि रहेको छ । हामी मात्रै क्रिकेटमा रमाउने प्रयास गर्नेछौं ।’

डु प्लेसिसले खेलाडीहरुलाई हार्ने डरबाट माथि उठ्नु जरुरी रहेको पनि बताए । हामीले एक वर्ष वा दुई वर्षअगाडि देखि नै मेन्टल्ली तयार भइरहेका थियौं । कप्तानका रुपमा म आफु पनि एक किसिमले यसअघिका कप्तान भन्दा तयार छु,’ उनले भने,‘तर, म विश्वस्त छु । कि यो हामीले राम्रो गर्न सक्ने ठाउँ पनि हो । म त्यो ठाउँमा छु र दबाब के हो भन्ने पनि जानेको छु ।’

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ११ : ३९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र