युरोप, अमेरिका जाने लोभमा दलाललाई ५० लाखसम्म बुझाउँछन्, मासिक दर्जन बढी ठगीका उजुरी « Khabarhub

युरोप, अमेरिका जाने लोभमा दलाललाई ५० लाखसम्म बुझाउँछन्, मासिक दर्जन बढी ठगीका उजुरी


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागमा ५० लाखसम्म ठगिएका उजुरी मासिक दर्जनभन्दा धेरै पर्ने गरेका छन् । व्यक्तिले वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका र विकशित देशमा पठाइदिने भन्दै धेरै रकम ठगिएको उजुरी गर्ने पीडित आउने गरेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको विगत १० महिनामा विभागमा व्यक्तिगत करिब ७ सय वटा उजुरी दर्ता भएका छन् । यी सबै उजुरी व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिने भनेर आर्थिक ठगीमा परेका पीडितले दिएको उजुरी रहेको विभागले जनाएको छ । जसमा ३ सयभन्दा बढी उजुरी २० लाखभन्दा बढीका आर्थिक ठगी परेका विभागको तंथ्याकमा छ ।

ठगी गर्ने व्यक्तिका बारेमा स्वयम् पीडित अनविज्ञ हुँदा समस्या समाधान गर्ने, पीडितलाई क्षतिपूर्ति भराउन कठिन हुने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाई बताउँछन् ।

व्यक्तिगत उजुरीमा पनि एउटै व्यक्तिले करिब ५० लाखभन्दा ठुलो रकम ठगी गरेको उजुरी पर्ने गरेको उनको भनाइ छ । यसरी धेरै रकम ठगीमा परेका मासिक दर्जनभन्दा धेरै पीडित समस्या लिएर विभागमा धाउने गरेको गुरागाईको जानकारी दिए ।

पछिल्लो समय व्यक्तिगत ठगीको धेरै उजुरी विभागमा पर्ने गरेका छन् । कतिपय म्यानपावरले नै व्यक्तिगत तरिकाले युरोपका विकशित देश पठाउने भन्दै ठगी गरेका उजुरी विभागमा दर्ता हुने गरेका छन् ।

विभागमा आएका उजुरीका आधारमा पनि कामदारसँग व्यवसायीले रोजगारीमा पठाएवापत धेरै रकम उठाइरहेको प्रष्ट हुन्छ । तर, वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहँदा नियामक निकायले भने यस्तो विकृति हटाउन सकेको छैन ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा कामदार पठाउँदा धेरै रकम लिने म्यानपावर कम्पनीलाई क्षतिपूर्ति फिर्ता दिलाउने व्यवस्था छ । कुनै व्यक्तिलाई रोजगारीमा कुनै देश पठाएवापत् सेवाशुल्क १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था छ । तर, विभागमा नै एउटै म्यानपावर कम्पनीले लाखौं ठगेको उजुरी आउने गरेका छन् ।

व्यक्तिले व्यक्तिगत भिसामा क्यानडा, अमेरिका, सिंगापुर, नर्वे र ब्रुनाइलगायत मुलुकमा पठाइदिने भन्दै धेरै रकम ठगी गर्ने गरेकोउजुरीबाट थाहा हुने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ४६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते