मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिन थालेका छन् । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक  विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् ।

सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक विरोध गरेको प्रदर्शनमा सहभागी प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेलले बताए ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारले डाको छाडेर १ घण्टासम्म रोएका थिए ।

पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले नियन्त्रण गर्न खोेजेको भन्दै अध्यक्ष लुइटेलले भने, ‘ विधेयक पारित भए, पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना हुनेछ ।’

सरकारले सञ्चार माध्यमलाई नियमन गर्ने भन्दै ल्याएको मिडिया काउन्सिल विधेयक नियमनका लागि नभई नियन्त्रण मुखी हुने आन्दोलनरत पत्रकारको आरोप छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : २७ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी