मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिन थालेका छन् । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक  विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् ।

सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक विरोध गरेको प्रदर्शनमा सहभागी प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेलले बताए ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारले डाको छाडेर १ घण्टासम्म रोएका थिए ।

पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले नियन्त्रण गर्न खोेजेको भन्दै अध्यक्ष लुइटेलले भने, ‘ विधेयक पारित भए, पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना हुनेछ ।’

सरकारले सञ्चार माध्यमलाई नियमन गर्ने भन्दै ल्याएको मिडिया काउन्सिल विधेयक नियमनका लागि नभई नियन्त्रण मुखी हुने आन्दोलनरत पत्रकारको आरोप छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : २७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ