स्मिथको ब्याटिङमा सचिन तेन्दुलकरको झल्को « Khabarhub

स्मिथको ब्याटिङमा सचिन तेन्दुलकरको झल्को


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन लाङ्गरले क्रिकेटर स्टेभेन स्मिथको व्याटिङ शैलीलाई भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुकरसँग दाँजेका छन् । न्युजिल्यान्डविरुद्धको तीनको प्लेअफ खेलमा राम्रो प्रर्शन गरेसँगै उनको ब्याटिङ शैलि सचिनको जस्तै भएको बताए ।

अस्ट्रेलियाका लागि विश्वकप २०१९ मा स्मिथले राम्रो प्रदर्शन गर्ने मुख्य खेलाडी भएको मुख्य प्रशिक्षक लाङ्गरले बताएका हुन् ।

यस्तै, न्युजिल्यान्डविरुद्धको तीन प्लेअफ खेलमा स्मिथले २ खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले एक खेलमा ८९ र अर्को खेलमा ९१ रन बनाएसँगै लाङ्गरले उनले राम्रो कम व्यागक गरेको बताएका छन् ।

‘मैले न्युजिल्यान्डविरुद्ध स्मिथको ब्याटिङ हेरेको छु । उनले अभ्यासमा भएका तीन मध्ये २ खेलमा उनी खेलका मास्टर्स भए र उनको कमव्याकलाई देखेर खुसी लागेको छ,’ लाङ्गरले भने,‘उनी ब्याटिङ मन पराउँछन् । उनी विस्तारै ‘स्याडो’ गर्छन् । मैले मजाक गरेको होइन ।’

स्मिथले एउटा सर्ट प्रहार गरेका थिए जसलाई लिएर लाङ्गरले उनलाई पूर्व क्रिकेटर सचिन तेन्दुलकरसँग तुलना गरेका छन् । ‘ब्रिस्बानेमा अघिल्लो हप्ता स्मिथले सुन्दर ब्याटिङ गरे । उनले अविश्वसनिय सर्ट खेले । जुन सर्टहरु हेर्दा सचिनले ब्याटको झल्को आयो त्यो राम्रो सेपमा थियो ।’

त्यस्तै, प्रशिक्षक लाङ्गरले विश्वकप २०१९ मा उच्च रन बन्ने विश्वास व्यक्त गरेका छन् । उनले इङ्ग्ल्यान्डमा अस्ट्रेलियाका बलरले टिमको सफलतामा राम्रो योगदान गर्ने बताएका छन् ।

पछिल्लो एक वर्षको अन्तराष्ट्रिय क्रिकेटको प्रतिबन्धबाट फर्किएका स्मिथ विश्वकपमा टिमका लागि राम्रो प्रदर्शन गर्दै टोलीलाई जित दिलाउने खेलाडीका रुपमा पनि हेरिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : ५५ बजे

‘छोराले जीवनको बोझ उठाउन नसके, म बुढोले छोराको लास कसरी उठाउने ?’

काठमाडौं – पहिल्यै उसले देशमा उद्यम, व्यापार र रोजगारको प्रयास–संघर्ष

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंकसहित तीन अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ

बर्खायाममा निर्वाचन क्षेत्रतिर सांसद, प्रतिपक्षको प्रश्न : खेतबारीमा व्यस्त जनताका कुरा कसरी सुन्ने ?

काठमाडौं- प्रतिनिधिसभा दुई साताका लागि स्थगित भएपछि अधिकांश सांसद यतिबेला

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने