अवैध बोटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार « Khabarhub

अवैध बोटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरेर स्वदेश पठाएको छ ।

दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार उद्धार गरि नेपाली पठाएको दूतावासले जानकारी दिएको छ ।

दलालमार्फत् गैरकानुनी रुपमा कुवेत पुगेका उनीहरुले भनेअनुरूप सेवा सुविधा नपाएर समस्यामा परेको सूचना र उजुरी दूतावासमा आएपछि उद्धारका लागि दूतावासमा पुगेका थिए । सो पश्चात निजहरुको बहिर्गमनका लागि भिसालगायत आवश्यक सम्पूर्ण कानूनी पक्रिया पूरा गरी एएर अरविया मार्फत नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई कुवेत पुराउन दलालको विषयमा खोजी गर्ने नेपाल प्रहरीलाई पत्राचार गरेको दूतावासको भनाइ छ । उद्धार गरिएका महिलालाई परिवारलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : २७ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक