अस्ट्रेलियाको चुनावमा सत्तारुढ गठबन्धनको अप्रत्याशित जीत | Khabarhub Khabarhub

अस्ट्रेलियाको चुनावमा सत्तारुढ गठबन्धनको अप्रत्याशित जीत


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियामा भएको आम निर्वाचनमा वर्तमान सत्तारुढ गठबन्धनले अप्रत्याशित जीत निकालेको छ ।

प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा लिबरल पार्टीसम्मिलित मध्य–दक्षिणपन्थी गठबन्धनले तीन चौथाई भन्दा धेरै मतगणना भइसक्दा तल्लो सदनमा हालसम्म ७४ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१५१ सिट रहेको तल्लो सदनमा सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ । यसअनुसार वर्तमान सत्तारुढ गठबन्धन बहुमतको दिशामा अघि बढिरहेको जनाइएको छ ।

त्यस्तै, विपक्षी लेबर पार्टी भने केबल ६६ सिटमा सिमित बनेको छ । लेबर पार्टीका नेता बिल सर्टनले निर्वाचनमा आफ्नो पार्टीका पराजय स्वीकार्दै पार्टीको नेताबाट राजीनामा दिएका छन् ।

यसअघिका सर्वेक्षणमा विपक्षी लेबर पार्टीले भारी बहुमत ल्याउने नतिजा आएका थिए । मध्य–दक्षिणपन्थी गठबन्धनको विजयीलाई निकै अप्रत्याशित मानिएको छ ।

यो नतिजालाई सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको अप्रत्याशित विजयीसँग तुलना समेत गरिएको छ । प्रधानमन्त्री मरिसनले यो विजयीलाई ‘चमत्कार’ को संज्ञा दिएका छन् ।

उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका नेताहरुले बधाई दिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः